सम्पादकीय

अहिलेको युग विज्ञान र प्रविधिको हो । विद्युतिय संचार माध्यमको फैलावटले विश्व एउटा घर जस्तै भएको छ । स्मार्ट फोनको आविस्कार पनि यसलाई झनै सहज बनाइदिएको छ । जसका कारण आम संचारको आवश्यकता र महत्व फेरिएको छ । अहिले विश्वका जुनसुकै कुनामा बस्ने आम नागरिकले चाहेको सूचना र समाचार सहजै हेर्न र पढ्न पाउने अवस्था छ । यो सूचना प्रविधिको क्षेत्रमा भएको चमत्कारिक परिवर्तनको उपज हो । आम संचारका माध्यमहरुको भीडमा कान्छो मिडिया अनलाइन अहिले दुधे बालक जस्तै हलक्क बढिरहेको छ । अडियन्सको ध्यान विस्तारै अनलानइन मिडिया तर्फ खिचिन थालेको छ । आफूले चाहेको समय र स्थानमा बसेर विश्वलाई नियाल्न सकिने भएकाले अनलाइनको क्रेज दिनप्रतिदिन बढ्दो छ । यस्तो परिवेशमा तपाइकै आवश्यकता र चाहनाको केही हदसम्म भएपनि परिपूर्ती गराउने उदेश्यले ‘खोज खबर’ अनलाइन संचालनमा ल्याएका छौं । यो व्यवसायीक पत्रकार तथा संचारकर्मी र आइटी विज्ञहरुद्धारा सञ्चालित विशुद्ध समाचारमुलक अनलाइन हो । सत्य तथ्य र खोजमुलक समाचार खोज खबरका खुराक हुनेछन् । तपाइको इच्छा र चाहनाको आधारमा गोरखा र आसपासका स्थानीय खबर, गण्डकी प्रदेश, राष्ट्रिय चासो र चिन्ताका विषय, खेलकुद, मनोरञ्ज, अर्थ, विचार, शिक्षा स्वास्थ्य, कृषि र प्रवास लगायत आम चासो र सरोकारका विभिन्न विषयमा हामी कलम चलाउने छौं । भष्ट्राचार अनियमितता, घुसघोरी, कालोबजारी विरुद्ध खबरद्धारी गर्दै विकृती बिसङ्गती माथि प्रहार गर्ने हाम्रो लक्ष्य छ । समृद्ध एवं सुसंस्कृत समाज निर्माणलाई संचार क्षेत्रबाट आवश्यक वकालत गर्न खोजखबर प्रतिवद्ध रहनेछ । ओझेलमा परेका र पारिएका पात्र प्रवृति र घटनालाई जस्ताको तस्तै तपाइ माझ प्रस्तुत गर्न हामी सदैव लागि पर्नेछौं । यहाँहरुको अमुल्य सुझाव, प्रतिक्रिया, साथ एवं सहयोग अपेक्षा अपेक्षा गर्दछौं ।
खोज खबर परिवार ।