लकडाउन आठ दिन थप्ने निर्णय

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १६ गते ।
कोरोना भाइरसका कारण लगाइएको लकडाउनको अबधी बढाउने सरकारले निर्णय गरेको छ । केही बेर अघि बसेको मन्त्री परिषद्को बैठकले आठ दिन लकडाउन थप गर्ने निर्णय गरेपनि औपचारिक घोषणा गरिसेको छैन ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै निकालेको थियो । आठ दिन थपेपछि परिस्थिती हेरेर थप गर्ने नगर्ने निर्णय गरिने सहमती भएको स्रोतले बताएको छ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।
कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *