आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु, मृत्युको कारण भने पृष्ठी हुन बाँकी

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १६ गते ।
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका ३४ वर्षीय युवकको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।
उपरचारत ती व्यक्तिमा कोरोना संक्रमण भए नभएको भने एकिन भइनसकेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । आइतबार मात्र उनको स्वाब केन्द्रीय प्रयोगशाला काठमाडाँै पठाइएको थियोे । प्रयोगशालाको रिर्पोट आएपछि मात्र उनको मृत्युको कारण पहिचान हुने बताइएको छ । बैदेशिक रोजगारमा रहेका ती व्यक्ति चैत ५ गते नेपाल आएको खुल्न आएको छ । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए । एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
उनको मृत्युपश्चात् परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइन अस्पतालले आग्रह गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *