गोरखा नगरपालिकामा विदेशबाट आएका ४२ जना होम क्वारेन्टाइनमा

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १६ गते, आइतबार ।
गोरखा नगरपालिका भित्र विदेशबाट आएका ४२ जना सर्व साधरण होम क्वारेन्टाइन बसेका छन् ।
विश्वभर कोरानाको संक्रमण फैलिएका बेला रोगजारी तथा अध्ययनका लागि विभिन्न देश पुगेका उनीहरु केही दिन अघि मात्र स्वदेश आएका हुन् । विगत १४ दिन यता घर फर्किएका नगरबासीको पहिचान गरी उनीहरुलाई सुरक्षित साथ घरैमा बस्न आग्रह गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए ।
उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिसकिएको गोरखा नगरपालिकाले जनाएको छ । कसैमा पनि समस्या नदेखिएको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *