लकडाउनको अबधि बढ्यो ः चैत २५ गते रातको १२ सम्म लकडाउन गर्ने सरकारको निर्णय

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  



खोज खबर
गोरखा, चैत १६ गते ।

कोरोना भाइरसका कारण लगाइएको लकडाउनको अबधी बढाउने सरकारले निर्णय गरेको छ । केही बेर अघि बसेको मन्त्री परिषद्को बैठकको निर्णय सार्वजानिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले चैत २५ गते राती १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको जानकारी गराएका हुन ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै निकालेको थियो । त्यस पछि परिस्थिती हेरेर थप गर्ने नगर्ने निर्णय गरिने सहमती भएको स्रोतले बताएको छ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । पहिले चरणको लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।



You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *