विद्युत महसुल इन्टरनेट र खाद्यान्नमा छुट सहित सरकारले ग¥यो राहत प्याकेज घोषणा

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १६ गते, आइतबार ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई विभिन्न राहत सुविधा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्री परिषद्ष निर्णय सार्वजानिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले विद्युत, इन्टरनेट, खाद्यन्न, औषधी लगायत सरकारी तथा सेवाप्रदायिक निकायबाट प्रदान हुने सहुलियतका बारेमा जानकारी दिएका हुन् ।
सरकारले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।
यो समयमा तिर्नु पर्ने कर्जा, सार्वजानिक खरिद ऐन अन्र्तगत हुने काम, प्रशासनीय मार्फत गर्नु पर्ने काम लगायतमा पनि थप समय उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *