सिरानचोक सात श्रीनाथकोटका गाउँगाउँमा कोरोना प्रतिकार्य समिति निर्माण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १६ गते, आइतबार ।

लकडाउनको निर्णय कडाइका साथ पालाना गराउन सिरानचोक गाउँपालिकाले प्रतिकार्य समिति निर्माणलाई तिब्रता दिएको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको पालना नभएको गुनासो आएपछि गाउँपालिकाको निर्णयका आधारमा सबै वडाका टोल बस्तीमा समिति बनाइएको हो । सोही अनुरुप वडा नम्बर सात श्रीनाथकोटमा प्रतिकार्य समिति गठन भएको छ ।

‘हामीले स्थानीय राजनितिक दलहरुलाई समेत उक्त निर्णय सहयोग गरिदिन आग्रह गरेका छौं,’ वडा अध्यक्ष सुरज ढकालले भने, ‘सबैको साथ सहयोगले कोरोना भाइरसको संभावित जोखिम कम गर्न सकिन्छ । सबैलाई आवश्यक सहयोग र समन्वय गरिदिन म आग्रह गर्दछु ।’


गाउँगाउँमा गठन भएको प्रतिकार्य समितिले आवश्यक सचेतना जगाउनुका साथै लकडाउनको पालना गराउन मद्दत गर्ने विश्वास लिइएको छ । उक्त समितिलाई गाउँको अबस्थाको अध्ययन गरी लगत संकलन गर्ने, वडा कार्यालयलाई आवश्यक जानकारी दिने, लकडानको पालना गराउने जिम्मेवारी दिईएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *