लकडाउनलाई प्रभावकारी बनाउन हर्मीमा २० वटा प्रतिकार्य समिति गठन

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १७ गते, सोमबार ।
सरकारले लागु गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन सिरानचोक गाउँपालिका–३ हर्मीले प्रतिकार्य समिति गठन गरेको छ । लकडाउनको पूर्णले पालना नभएको गुनासो आएपछि गाउँपालिकाले गरेको निर्णय अनुसार सोमबार २० वटा प्रतिकार्य समिति निर्माण गरिएको हो । ‘वडाबासी सम्र्पूण आमाबुबा दाजुभाई दिदी बिहनीलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर हामी दिन रात नभई खटिएका छौं,’ वडा अध्यक्ष बीरबहादुर थापाले भने, ‘आज सबै टोलबस्तीलाई समेटेर २० वटा समिति गठन गरिएको छ । सबैले समितिलाई आवश्यक सहयोग गरिदिनुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’


दुई महिला र दुई पुरुष सम्मिलित ४ जनाको समितिले आफ्नो गाउँको निग्ररानी गर्नेछ । कोही कसैले उंघलन गरे सम्झाई बुझाई गर्ने र अटेर गरे वडा कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको वडा सचिव अजिता राईले बताईन् ।


सिरानचोक–३ हर्मीले लकडाउन अबधी भर जरुरी काम बाहेक बाहिर ननिस्कन वडाबासीलाई आग्रह गरेको छ । विदेशबाट घर आएका सर्वसाधरणलाई १४ दिनसम्म सुरक्षित साथ घरमै बसिदिन वडा अध्यक्ष थापाले अनुरोध गरेका छन् । केही समस्या परे प्रतिकार्य समिति र वडा कार्यालयमा सिधै सम्र्पक गर्न समेत आग्रह गरिएको छ । सरकारले आइतबार लकडाउनको अवधि बढाएर २५ गते राती १२ बजेसम्म पु¥याएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना रोगको संक्रमण भएको पुष्टि भइसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *