पालुङटारमा बन्यो १८ शैयाको सामुहिक क्वारेन्टाइन

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १७ गते, आइतबार ।
पालुङटार नगरपालिकाले १८ शैयाको सामुहिक क्वारेन्टाइन निर्माण गरेको छ । वडा नम्बर ५ को धर्मावती प्राविमा सम्र्पूण सुबिधा सहितको सामुहिक क्वारेन्टाइन निर्माण गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले जानकारी दिए ।
‘गाउँका मान्छेहरुको घर सानो हुन्छ । एउटै घरमा बस्दा बुढा बुबाआमा बालबच्चालाई संक्रमणको खतरा हुन्छ । त्यसैले बिदेशबाट आएका दाजुभाई दिदिबहिनीलाई सामुहिक क्वारेन्टाइनमा बसिदिनुहोस्, भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘अन्य बिपत्तको बेला पनि यो काम लाग्छ ।’

उक्त सामुहिक क्वारेन्टाइनमा आवश्यक सुबिधा पनि उपलब्ध गराएको छ । विद्युत, खानेपानी, शौचालय र खाना खाने मेस समेत निर्माण गरिएको । ‘एक बेड देखि अर्को बेडसम्म हुनुपर्ने डिस्टेन्स मेन्टेन गरिएको छ । एउटा ढोकाबाट भित्र पस्न र अर्कोबाट निस्कन मिल्ने बनाइएको छ,’ स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले भने, ‘हामीले आवश्यक सबै प्रवन्ध गरेका छौं, यदी अहिले होम क्वारेन्टाइनमा बसेकाहरु मध्ये कसैलाई घरमा बस्न अफ्ठेरो भएको छ भने, तत्काल हामीलाई सम्र्पक गर्न सक्नुहुन्छ ।’

उक्त नगरपालिकाले ४ शैयाको आइशोलेसन बेड पनि तयारी अबस्थामा राखेको छ । आँपपिपल अस्पतालमा सुबिधा सम्पन्न आइशोलेसन कक्ष निर्माण गरिएको गिरीले जानकारी दिए ।
पालुङटारमा हालसम्म एक जना पनि संभावित विरामी फेला परेका छैनन् । विदेशबाट आएका ४० जना भने हाल होमक्वारेन्टाइनमा रहेको उनले बताए ।
तस्बिर ः दिपेन्द्र गिरी ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *