खोज खबर
गोरखा, चैत १७ गते, आइतबार ।
जिल्ला अस्पताल गोरखामा उपचाररत दुई जना बिरामीको नमूना परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । रुघा खोकी ज्वरो लगायतका समस्या देखिएका दुई बिरामीमा कोरोना भाइरससँग मिल्दोजुल्दो समस्या देखिएपछि स्याब परीक्षणका लागि केन्द्रिय प्रयोगशाला टेकु पठाइएको अस्पताल स्रोतले बताएको छ ।
गोरखाबाट हालसम्म ३ जनाको नमूना परीक्षणका लागि शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल पठाइएको छ । जसमध्ये १ जनाको रिर्पोट नेगेटिभ आएको अस्पताले प्रेस विज्ञप्ती जारी गरी जनाएको छ ।
सोमबार पठाइएको रिर्पोट प्राप्त भएपछि मात्र विरामीमा कोरोनाको संक्रमण भए नभएको एकिन हुनेछ ।