लकडाउन उलंघन गर्ने २६२ सवारी कारवाहीमा

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत, १७ गते सोमबार ।
लकडाउनको वेवास्ता गरी चलाइएका दुई सय भन्दा बढि सवारी साधन कारवाहीमा परेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको आग्रहलाई अटेर गरी सञ्चालन गरिएका २६२ सवारी साधन कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । लकडाउन लागु भएको दिन चैत ११ गते देखि सोमबार साँझसम्म जथाभावी चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिए । सरकारले लकडाउनको अवधि बढाएर चैत २५ गते राती १२ बजेसम्म पु¥याएकाले उक्त समयसम्म अत्यावश्यक र स्वीकृती लिएका सवारी साधन मात्र सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ । लकडाउनको उलंघन गर्ने सवारी साधनलाई जुनसुकै बेला पनि नियन्त्रणमा लिएर कारवाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।
गोरखाका विभिन्न बिकास निर्माणमा योजनामा कार्यरत एक हजार ३३६ मजदुरलाई भने सवारी पासको व्यवस्था गरि घर पठाइएको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *