गोरखा नगरपालिकाले बनायो आइसोलेशन र सामुहिक क्वारेन्टाइन

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १८ गते, मंगलबार
कोरोना भाइरसका संभावित बिरामी राख्नको लागि गोरखा नगरपालिकाले आवश्यक प्रवन्ध गरेको छ । गोरखा नगरपालिका–८ को द वल्ड क्यापिटल मावि रानीवनमा १५ शैयाको आइसोलेशन कक्ष बनाइएको छ ।
जिल्ला अस्पताल गोरखाको सहयोगमा ५ वटा बेड र आमाबा अस्पतालको सहयोगमा १० बेड तयारी गरिएको छ । उपचारका लागि आएका कोरोना संक्रमणका संभावित विरामीलाई त्यहाँ राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । ‘नेपाली सेनाको सहयोगमा हामीले आइसोलेसन वार्ड निर्माण गरिसकेका छौं,’ नगरप्रमुख राजनराज पन्तले भने, ‘आमाबा अस्पतालको सहयोगमा अब जिल्ला अस्पतालले त्यसलाई सञ्चालन गर्ने छ ।’ उक्त आइसोलेशन वार्डमा जिल्ला अस्पताल गोरखा र आमाबा अस्पतालका स्वास्थ्यकर्मीले सेवा दिने गोरखा नगरपालिकाले जनाएको छ ।

यसैगरी वडा नम्बर १० मनकामना बहिरा आबसिय माध्यामिक विद्यालय टक्सारमा ५० शैयाको सामुहिक क्वारेन्टाइन बनाइएको छ । रेडक्रसले कम्बल, ब्ल्याकेट, त्रिपाल र जिल्ला प्रशासन कार्यालयले २ वटा टेण्ड उपलब्ध गराएको छ । ‘सामुहिक क्यारेन्टाइनमा बस्न चाहानेहरुलाई अब हामी राख्न सक्ने अबस्थामा पुगेका छौं,’ नगरप्रमुख पन्तले भने, ‘विदेशबाट आउनुभएका व्यक्तिहरुलाई अब सिधै क्वारेन्टाइनमा राख्न सकिन्छ ।’ खाद्यन्न, खानेपानी, शौचालय, विद्युत लगायतको सबै प्रवन्ध गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको सेवा सुबिधालाई नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी व्यवस्था गनेछ । त्यहाँको सरसफाईको लागि नगरपालिकाले एक जना कर्मचारी समेत खटाएको छ । ‘नगरपालिकाले आवश्यक सबै कुराको प्रबन्ध गरिदिएको छ । खाली हामीले यसको निर्माण मात्र गरेका हौं’ नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति उज्वली केसीले भने, ‘यहाँ बस्न आउने बिरामीहरुलाई खानपान र उहाँहरुलाई आवश्यक व्यवस्थापकीय काम हामीले गर्ने हो ।’


उक्त स्थानमा जिल्ला अस्पताल गोरखा र नगर स्वास्थ्य शाखाको समन्वयमा मेडिकल अधिकृत सहितका डाक्टर र अन्य स्वास्थ्यकर्मी पनि खटाइनेछ ।

तस्बिर ः नेपाली सेना

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *