लक डाउनमा थप कडाई ः बिरामी, सुत्केरी र मृत्यु संस्कारको लागि मात्र पास उपलब्ध हुने

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १८ गते, मंगलबार ।

जिल्ला प्रशासन कार्यालय गोरखाले लक डाउनलाई थप कडाई गर्ने तयारी गरेको छ । मंगलबार एक सूचना जारी गरी प्रशासनले अत्यावश्यक प्रयोजन बाहेकका सबै पास बन्द गरेको छ ।

अब सर्वसाधरणले बिरामी÷सुत्केरीलाई लैजानुपर्ने र नजिकैका व्यक्तिको मृत्यु संस्कारमा सहभागी हुन मात्र आवातजावतको इजाजत पाइनेछ । बिरामी÷ सुत्केरीका लागि वडा कार्यालयको सिफारिस वा अस्पतालबाट प्राप्त प्रेसकिप्सन पनि अनिवार्य गरिएको छ । यसैगरी मृत्यु संस्कारमा सहभागी हुने व्यक्तिले सम्बन्धित वडाको सिफारिस र सम्भव भएसम्म मृत्तकको नाता प्रमाणित समेत ल्याउनु पर्ने प्राबधान बनाइएको छ । त्योसँगै प्रयोग गर्ने सवारी साधनको नम्बर, बिलबुक र सवारी चालक अनुमती पत्रको प्रतिलिपी र प्रयोग गर्ने स्थान समेत स्पष्ट खुलाएर आवश्यक सबै कागजात प्रशासनमा इमेल गर्नु पर्नेछ । अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीको ढुवानी र दुरसंचार, विद्युत र बैंकिङ सेवा प्रवाहको लागि पन थप कडाई गरिएको छ ।


पर्यटक र मजदुरको लागि दिइएको पास पनि बन्द गरिएको प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए । पासले अनावश्यक भिडभाड भएको गुनासो आएपछि प्रशासनले थप कडाई गरेको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *