आफैंले बोकेको भरुवा बन्दुक पड्किदा एक घाइते

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १९ गते बुधबार ।

आफैंले बोकेको भरुवा बन्दुक पड्किदा बारपाक सुलिकोट–७ अमलेका एक व्यक्ति घाइते भएका छन् ।
चितुवा तर्साउन बनाइएको भरुवा बन्दुक पड्किदा स्थानीय ५८ वर्षीय तुलबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
‘गाई बाख्रालाई दुःख दियो भनेर चितुवा तर्साउन जंगल जाँदै गर्दा भरुवा बन्दुक आफैं पड्कीएछ,’ डिएसपी बासुदेव खतिवडाले भने, ‘प्रारम्भिक रुपमा अन्य प्रयोजनका लागि बनाएको देखिदैन । हामी थप अनुसन्धान गरिरहेका छौं ।’
गुरुङको नाडी र छातीमा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । घाइते गुरुङको स्वास्थ्य अवस्था खतारामुक्त भएको डीएसपी खतिवडाले बताए ।
गुरुङको साथमा रहेको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *