सिरानचोकका एम्बुलेन्स चालकलाई गाउँपालिकाले दियो पिपिई, प्रहरीलाई मोबाइल

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १९ गते बुधबार ।

गोरखाको सिरानचोक गाउँपालिकाले कोरोना संक्रमण विरुद्धको अभियानलाई तिब्रता दिएको छ । सोही अनुरुप अभियानमा खटिएका एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने सामग्री पिपिई उपलब्ध गराइएको छ ।
संभावित कोरोनाभाइरस संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म र्पुयाउँदा आइपर्ने जोखिमबाट जोगिन भन्दै गाउँपालिकाले एम्बुलेन्स चालहरूलाई पिपिईलगायत सामग्री उपलब्ध गराएको हो ।
गाउँ–गाउँमा ज्वरो, रूघाखोकी लागेका विरामीलाई अस्पताल लैजान एम्बुलेन्स चालकलाई खबर गरे पनि कोरोना त्रासले गर्दा उनीहरू एम्बुलेन्स चलाउँदैनन् । यस्ता गुनासा आएपछि गाउँपालिकाले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ । गाउँपालिका अध्यक्ष राजु गुरूङले सरकारी तथा विरामी बोक्ने निजी सवारी साधनका चालकलाई पिपिई उपलब्ध गराइएको जानकारी दिए ।
उनका अनुसार सञ्चार सम्पर्क सहज बनाउन गाउँपालिकाभित्र रहेका प्रहरी चौकीलाई पनि सिमसहित मोबाइल फोन दिइएको छ। इलाका प्रहरी कार्यालय जौवारी, प्रहरी चौकी छोप्राक, गाँखु, हर्मी र धारापानीलाई सिमसहित मोबाइल दिइएको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *