कोरोना भाइरसको संक्रमण रोक्न गाँखुका स्थानीय जुटे

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १९ गते बुधबार ।

लकडाउनलाई थप प्रभावकारी बनाउँदै कोरोना भाइरसको संक्रमण फैलन नदिन गाँखुका स्थानीय एक जुट भएका छन् । वडा कार्यालयको सक्रियतामा त्यहाँका हरेक गाउँबस्तीलाई समेटेर ११ वटा प्रतिकार्य समिति निर्माण गरिएको छ ।


‘हामी आफै सक्रिय भयौं र संयमता अपनाऔं भने कोरोनको भय कम हुन्छ,’ सिरानचोक ६ गाँखुका वडा अध्यक्ष नारायणबाबु दानीले भने, ‘हामीले अब कत्तिपनि हेलचक्राई गर्नु हुदैन ।’
दुई महिला र दुई पुरुष सम्मिलित ४ जनाको समितिले आफ्नो गाउँको निग्ररानी गर्नेछ । कोही कसैले उंघलन गरे सम्झाई बुझाई गर्ने र अटेर गरे वडा कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ ।


सिरानचोक– ६ गाँखुले लकडाउन अबधी भर जरुरी काम बाहेक बाहिर ननिस्कन वडाबासीलाई आग्रह गरेको छ । विदेशबाट घर आएका सर्वसाधरणलाई पनि १४ दिनसम्म सुरक्षित साथ घरमै बसिदिन वडा अध्यक्ष दानीले अनुरोध गरेका छन् । केही समस्या परे प्रतिकार्य समिति र वडा कार्यालयमा सिधै सम्र्पक गर्न समेत आग्रह गरिएको छ । सरकारले आइतबार लकडाउनको अवधि बढाएर २५ गते राती १२ बजेसम्म पु¥याएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना रोगको संक्रमण भएको पुष्टि भइसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *