लकडाउनलाई थप प्रभाकारी बनाउन जौवारीमा बने २९ वटा समिति

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १९ गते बुधबार ।
सरकारले लगाएको लकडाउनलाई प्रभावकारी बनाउन जौवारीका स्थानीय लागि परेका छन् । सिरानचोक गाउँपालिका ८ जौवारीमा २९ वटा प्रतिकार्य समूह बनाइएको छ ।


गाउँपालिकाको निर्देशन अनुरुप उक्त वडाका सबै बस्तीलाई समेटेर समिति बनाइएको हो ।
‘समिति निर्माण गरी उहाँको जिम्मेवारी र कोरोना भाइरसको संक्रमण रोक्न आवश्यक सचेतना गराएका छौं,’ वडा अध्यक्ष झटकप्रसाद दवाडीले भने, ‘अब उहाँहरुले आफ्नो जिम्मेवारीमा रहेका गाउँ तथा टोलको निग्ररानी राख्नुहुन्छ ।’


दुई महिला र दुई पुरुष सम्मिलित ४ जनाको समितिले आफ्नो गाउँको निग्ररानी गर्नेछ । कोही कसैले उंघलन गरे सम्झाई बुझाई गर्ने र अटेर गरे वडा कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ ।


सिरानचोक– ८ जौवारीले लकडाउन अबधी भर जरुरी काम बाहेक बाहिर ननिस्कन वडाबासीलाई आग्रह गरेको छ । विदेशबाट घर आएका सर्वसाधरणलाई पनि १४ दिनसम्म सुरक्षित साथ घरमै बसिदिन आग्रह गरिएको वडा अध्यक्ष दवाडी जानकारी दिए ।

केही समस्या परे प्रतिकार्य समिति र वडा कार्यालयमा सिधै सम्र्पक गर्न समेत आग्रह गरिएको छ । सरकारले आइतबार लकडाउनको अवधि बढाएर २५ गते राती १२ बजेसम्म पु¥याएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना रोगको संक्रमण भएको पुष्टि भइसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *