नमूना परीक्षणको लागि टेकु पठाइएका दुबै जनामा कोरोनाको संक्रमण भेटिएन

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १९ गते बुधबार ।

कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई जना बिरामीको रिर्पोट नेगेटिभ आएको छ ।
जिल्ला अस्पताल गोरखाको आइसोलेशन कक्षमा उपचार गराइरहेका दुई जना विरामीको लक्ष्य कोराना भाइरससँग मिल्दोजुल्दो देखिएपछि नमूना संकलन गरी टेकु पठाइएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उचपार केन्द्र र जनस्वास्थ्य प्रयोगशालमा उनीहरुको स्याब परीक्षण गरिएको हो । जिल्ला अस्पताल गोरखाले विज्ञप्ती जारी गर्दै सोमबार पठाएका दुई जनाको रिर्पोट नेगेटिभ आएको जानकारी दिएको छ ।


मंगलबार स्वाब पठाएको एकजनाको भने अझै रिपोर्ट आएको छैन । केही दिन अघि एक बालकको पनि नमूना परीक्षण गरिएको थियो । उनमा पनि कोरोना संक्रमण नदेखिएपछि उपचार गराएर घर फर्किसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *