सरोकारवाला भन्छन्, गोरखामा खाद्यन्न अभाव छैन

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत २० गते, बिहीबार ।
गोरखामा दैनिक उपभोग्य सामाग्रीको कुनै पनि अभाव नरहेको सरोरकावालाहरुले बताएका छ ।
सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान गोरखाको गोदाममा ८४० क्वीन्टल चामल मौज्जाद छ । ‘हाम्रो स्टोरमा अहिले १९६ जाप्पनिज, ५१८ जिरा मसिनो र १२५ क्वीन्टल सोना मन्सुली चामल छ,’ संस्थानका गोरखा प्रमुख नबिन बस्नेतले भने, ‘सिद्र्धिबास र माछाखोला डिपोमा पनि प्रप्यात चामल छ ।’ उत्तरी गोरखाको सिद्र्धिबासमा १ हजार ९४ र माछाखोलामा ३९० क्वीन्टल चालम रहेको उनले बताए । संस्थानका सबै वितरण केन्द्र खुल्लै रहेकाले खाद्यन्न समस्या भए खरिदका लागि आउन बस्नेतले सर्वसाधरणलाई आग्रह गरेका छन् ।

निजि क्षेत्रले पनि गोरखामा खाद्यन्न अभाव नरहेको बताएका छन् । ‘हामीले साथीहरुसँग रिर्पोट लिदा अहिले जिल्लामा २५ किलोको ९ हजार ५० बोरा चालम स्टक रहेको पाएका छौं,’ अध्यक्ष जीवनज्योति श्रेष्ठले भने, ‘तेल र दाल चाहीँ अभाव हुन सक्ने देखिएर हामीले ढुवानीको प्रोसेस सुरु भइसकेको छ ।’ हाल गोरखामा ३०० कार्टुन तेल र २०० बोरा दाल रहेको उनले बताए । गाउँगाउँका व्यापारीले सम्बन्धित स्थानीय तहको सिफारिसमा खाद्यन्न माग गरेकोले ढुवानीका लागि प्रशासनसँग समन्वय भइरहेको श्रेष्ठको भनाई छ । तर चामल मिलहरुले मुल्य बढाएकाले पुरानो भाउमा बिक्रि गर्न भने समस्या भएको उनले बताएका छन् ।

चेम्बर अफ कमर्स गोरखाले पनि व्यापारी व्यवसायीहरुसँग समन्वय गरिरहको बताएको छ । ‘अस्ती साल्टटे«डिङसँग समन्वय गरेर एक टिप चिनी ल्यायौं, भोली पनि एक टिप आउँदै छ,’ अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने, ‘तेल मिलहरुसँग कन्ट्रयाक भइरहेको छ । आज एक गाडी तेल पनि गोरखा आउँदैछ ।’ श्रेष्ठले गोरखामा हाल २० हजार बोरा चामल, ४०० बोरा दाल, ८०० प्याक तेल, १०० बोरा प्याज, १० हजार कार्टुन चाउचाउ मौज्जाद रहेको दावी गरेका छन । गोरखामा नियमती रुपमा तरकारी, दुध र माछामासु ढुवानी भइरहको सरोकारवालाहरुले बताएका छन् । स्थानीय किसानले उत्पादन गरेको तरकारीले पनि उपभोक्ताको माग थेग्न अहिले धेरै सहज भएको छ । गोलभेडा भने अभाव देखिएको व्यापारीहरुले गुनासो गरेका छन् ।
उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मससँग समन्वय गरेर खाद्यन्नको अबस्था सहज बनाइएको जिल्ला प्रशासनले जनाएको छ ।‘हामीसँग एक महिनालाई पुग्ने खाद्यन्न यथेस्ट छ’, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘खाद्यन्न आपुर्ती गर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्र्पकमा छौं, आवश्यक हुने वित्तिकै तत्काल खाद्यन्न ढुवानी हुने अवस्था छ ।’ जिल्ला सदरमुकाममा रहेका थोक बिके्रताहरुलाई सवारी पास दिएर गाउँगाउँका खुद्रा पसलसम्म समान ढुवानीको व्यवस्था पनि मिलाइएको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *