गोरखाबाट पठाएका चारै जना बिरामीको रिर्पोट नेगेटिभ

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत २० गते ।
कोरोना भाइरस संक्रमणको आशंका गरिएका सबै बिरामीको रिर्पोट नेगेटिभ आएको छ ।

जिल्ला अस्पताल गोरखाको आइसोलेशन कक्षमा उपचार गराइरहेका मध्ये मंगलबार एक व्यक्तिको स्याब परिक्षणका लागि टेकु पठाएको थियो ।
रुघा खोकी, ज्वरो लगायतका कोराना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमूना संकलन गरी टेकु पठाइएको थियो । यो सँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र र जनस्वास्थ्य प्रयोगशालमा सबै चारै जनाको रिर्पोट नेगटिभ आएको विज्ञप्ती जारी गर्दै गोरखा अस्पतालले जनाएको छ ।


सोमबार पठाएका दुई जनाको रिर्पोट नेगेटिभ आएको थियो । केही दिन अघि एक बालकको पनि नमूना परीक्षण गरिएको थियो । उनीमा पनि कोरोना संक्रमण नदेखिएपछि उपचार गराएर घर फर्किसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *