गोरखा उद्योग वाणिज्य संघले ग¥यो चाउचाउ र पानी सहयोग

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत २३ गते, आइतबार ।
गोरखा उद्योग वाणिज्यसंघले कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई खाजा र पानी सहयोग गरेको छ ।


गोरखा नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी र कर्मचारीका लागि एक सय प्याक पानी र ५० कार्टुन चाउचाउ सहयोग गरिएको संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले जानकारी दिए ।


आइतबार बिहान नगरपालिकाको कार्यालयमा पुगेर संघको एक टोलीले उक्त सहयोग सामाग्री नगर प्रमुख राजनराज पन्त र उपप्रमुख बिनाकुमारी श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।


उक्त सहयोगले नगरपालिका क्षेत्र भित्र खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च राख्न मद्धत पुग्ने विश्वास गोरखा नगरपालिकाले लिएको छ । लकडाउनका बजार बन्द रहेकाले नियमित रुपमा खटिएका कर्मचारीलाई खानेपानी र खाजा उपलब्ध गराउन समेत समस्या भएको थियो ।


राहत बितरणमा एकद्वार नीति लिएको गोरखा नगरपालिकाले सहयोग गर्न चाहनेहरुलाई नगरपालिकामा सम्र्पक गर्न अनुरोध गरेको छ । जथाभावी राहत सामाग्री वितरण नगर्न नगरप्रमुख पन्तले सबैलाई आग्रह गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *