कोरोनाको संक्रमण फैलन नदिन नयाँसाघुमा घेरा निर्माण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत २४ गते, सोमबार ।
सिरानचोक–६ गाँखुमा सुरक्षा घेरा निर्माण गरिएको छ । त्यहाँ गठित कोरोना प्रतिकार्य समितिले नयाँसाघु बजार आसपास घेराबार बनाएको हो ।


अत्यावश्यक सामाग्रीको पसल कसरी सञ्चालन गर्ने, सामान किन्न आएका उपभोक्ताहरु विच सामाजिक दुरी कायम गर्न उक्त घेराबार बनाइएको समितिका संयोजक दिपक श्रेष्ठले जानकारी दिए । ‘अत्यावश्यक सामाग्रीका पसल त खुल्लै छन्, खोल्नु पनि प¥यो त्यसलाई कसरी व्यवस्थित गर्ने भनेर हामीले छलफल गरेयौं,’ उनले भने, ‘निश्चित ठाउँमा उभिएर सामान किन्ने, त्यहाँ राखिएको बाकसमा पैसा खसाल्ने, हातले पैसा लेनदेन नगर्ने पनि निर्णय गरेका छौं ।’


स्थानीय जनप्रतिनिधि, समाजसेवी, वुद्धिजिवीहरुको सुझाव र प्रहरीको समन्वयमा त्यहाँका स्थानीय वीच एक मिटरको सामाजिक दुरी कायम गर्ने व्यवस्था समेत मिलाइएको छ ।
आफ्नो घर वरिपरी सरसफाई गर्ने, युवाहरुलाई हिडडुल नगर्न आग्रह गर्नेे, युवा तास खेल्न नदिने लगायतका निर्णय समेत गरिएको उनले बताइन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *