खोजखबर
गोरखा, चैत २४ गते, सोमबार ।
तास खेल्दै गरेका ५ जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारको एक घरमा लुकेर तास खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
स्थानीय गणेश पुडासैनीको घरमा खेलिएको तासको खालबाट १६ हजार तीन सय २० नेपाली र दुई हजार भारु बरामद गरिएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।
लकडाउनको मौका छोपेर जुवातास खेल्नेहरु बढेको गुनासोपछि प्रहरीले सक्रियता बढाएको छ । पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको एसपी अधिकारीले बताए ।