लकडाउन लम्बियो ः बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत २४ गते, सोमबार ।
सरकारले दोश्रो पटक लकडाउनको अवधी थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । अब बैशाख ३ गतेसम्म लकडाउन हुने सरकारले बताएको छ ।
कोरोना भाइरस (कोभिड(१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।
त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।
साथै, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन लम्ब्याएर कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका थिए । स्रोतकाअनुसार मंगलबार प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *