नेपाल राष्ट्र बैंकमा गभर्नरमा अधिकारी नियुक्त

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत २४ गते, सोमबार ।
नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।
गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उहाँ राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका थिए । उनीसँग तीनदशक काम गरेको अनुभव रहेको छ ।
यसअघि डा. चिरञ्जीवि नेपालसँगै उनी पनि गभर्नरमा सिफारिस भएका थिए ।
नेपालको ५ वर्षे कार्यकाल पूरा भएपछि अधिकारीले यस पटक गभर्नर भएका हुन् ।
साभार ः गोरखापत्र अनलाइन

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *