लकडाउनका कारण काक्रो बेच्न नपाएपछि झ्याङमै कुहियो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत, २९ गते, शनिवार

गण्डकी गाउँपालिका–६ खानीखोलाकी धनमायाँ श्रेष्ठले यो वर्ष ३० हजारको काक्रो बेचिन । एक लाख लगानी गरेर ३ हलको मेलोमा ३ हजार ५०० बोट काक्रो खेति गरेकी उनलाई अब यो वर्ष भरी के खाने भन्ने चिन्ताले सताएको छ ।


‘लकडाउनले त हामीलाई बबार्द पा¥यो, पोहोर ५ लाखको काक्रो बेचेको थिए र वर्ष भरी भात खान पाइयो, छोरा छोरीले पढ्न पाए,’ उनले भनिन्, ‘यो वर्ष त लगानी पनि उठेन, अब वर्ष भरी केले हातमुख जोर्ने ? गण्डकी गाउँपालिका–७ भुम्लिचोकका सय भन्दा बढि कृषकको साझा समस्या हो । पृथ्वीराजमार्गको फिस्लिङ भन्दा पारी रहेको ५ सय रोपनी भन्दा बढि क्षेत्रफलमा वर्षेनी व्यसायीक काक्रो खेति हुँदै आइरहेको छ । यस वर्ष भने सिसन सुरु हुने बित्तिकै लकडाउन भएपछि किसानले काक्रो बेच्न पाएनन् । ‘बल्ल काक्रो निक्लन सुरु गरेको थियो । लकडाउन भइहाल्यो,’ तरकारी संकलक समेत रहेका स्थानीय कृषक केरबहादुर श्रेष्ठ भने, ‘भिडभाड हुन्छ भनेर फिस्लिङ लान दिइन, यहाँ गाडी ल्याउन पनि सकिएन गाडी जाने ठाउँका कसैले अलि अलि बेचे पनि अरुको बारीमा यसै कुहिएको छ ।’


बेच्न नपाएपछि त्यहाँका किसानले काक्रोको स्याहार गर्न पनि छोडिएका छन् । पानी, औषधी र भिटामिन नपाएपछि काक्रोको झ्याल सबै मरेको छ । फलेको काक्रो पनि बोटमै कुहिएको छ । कतिपय कृषकहरुले टिपेर बस्तुभाउ खुवाउने गरेका छन् । अधिकाशंले मल हुन्छ भनेर बारीमा छोडिएका छन् ।
यो समयमा दैनिक ५० टन काक्रो उत्पादन भएपनि बजार नपाएको गाउँपालिकाको तथ्याङ्क छ । ‘अन्य तरकारीको त सिसन आउँदै छ । काक्रो खेति गर्नु भएकाहरु ठूलो मर्कामा पर्नु भएको छ,’ गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भने, ‘यसले समग्र गण्डकी गाउँपालिकालाई नै आर्थिक रुपमा ठूलो क्षति पुगेको छ ।’


लकडाउनका कारण त्यहाँका २ करोड भन्दा बढिको नोक्सान भएको त्यहाँका कृषकको गुनासो छ । अहिले दैनिक ५० टन काक्रो, १ टन भन्टा, ५०० टन बन्दा, ५०० टन काउली २०० केजी गोडभेडा र ११ हजार गोटा अण्डा उत्पादन भइरहेको गण्डकी गाउँपालिकाको तथ्याङ्क छ । उत्पादित सबै कृषि उपजले बजार नपाएपछि त्यहाँ कृषकलाई मर्कामा परेका छन् ।
लकडाउनका कारण काठमाण्डौ लगायत देशका प्रमुख शहरमा तरकारीको चरम अभाव रहेका बेला यहाँ किसानले बेच्न नपाएर यसै खेर फाल्नु परेको छ । ‘यो संकटको घडि हो । सबैलाई नोक्सानी परेको छ । लगानी पनि उठाउन सकिएन भने किसानले अर्को वर्ष कसरी खेति लगाउछन भन्ने चिन्ता छ,’ अध्यक्ष रानाले भने ,‘उत्पादित कृषि उपजलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर हामीले प्रदेश र सघंसँग पनि समन्वय गरिरहेका छौं । कार्यपालिकाको बैठक बसेर निर्णय गछौं ।’

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *