गोरखामा होम क्वारेन्टिनमा बसेका सबैको स्वाब परीक्षण गरिदै

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत, २९ गते, शनिवार ।

देश तथा विदेशबाट आएर होम क्वारेन्टिनमा बसेका सबैको स्वाब परीक्षण हुने भएको छ । कोरोना भाइरसको सन्त्रास फैलिएपछि गाउँगाउँमा आएर बसैका उनीहरु सबैको नमूना परीक्षण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । सोही अनुरुप गोरखाका ११ वटै पालिकामा नमूना संकलन गरिने छ ।
शनिबार बारपाक सुलीकोट गाउँपालिका र धार्चेको पाँच जनाकोे स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । बारपाक सुलीकोटमा दुबई, भारत र चितवनबाट आएर होम क्वारेण्टाइनमा बसेकाहरुको र गुल्मीमा नेपाली सेनाले निर्माण गरिरहेके सडकमा काम गरेर फर्किएका धार्चे गाउँपालिका ३ का दुई जनाको नमूना संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालका स्वास्थ्यकर्मीहरुले उनीहरुको घाँटीबाट स्वाब संकलन गरेका छन् । क्रमैसँग सबै पालिकाहरुमा उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी छ । सोमबार गोरखा नगरपालिकाबाट ¥यापिड डाइग्नोस्टिक टेष्ट(आरडिटी) को काम सुरु गर्ने बताइएको छ ।
हालसम्म गोरखाका ८ जना व्यक्तिको नमूना संकलन परीक्षणका लागि शुक्रराज ट्रपिक सेन्टर तथा जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । ती मध्ये सबै जनाको रिर्पोट नेगेटिभ आइसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *