खोजखबर
गोरखा, चैत, २९ गते, शनिवार ।
जिल्ला अस्पताल गोरखामा आइसीयू कक्ष निर्माण हुने भएको छ । नेपाल सरकारको एक करोड लगानीमा कोरोना भाइरसको संभावित जोखिमलाई मध्येनजर गर्दै आइसीयू निर्माण गर्न लागिएको हो ।
प्रदेश सरकारको सिफारिसमा कोरोना संक्रमितको उपचारका लागि दुईवटा भेन्टिलेटरसहित चार शैयाको आईसीयू वार्ड निर्माण गर्न लागिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
‘कोरोना संक्रमित बिरामीलाई लक्षित गरी आइसोलेसन वार्ड निर्माण भइसकेको छ,’ उनले भने, ‘तर, गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि आईसीयू वार्ड निर्माण गर्न लागेका हौ ।’ आइसीयू निर्माणको काम आइतबारबाट सुरु हुने बताइएको छ ।
‘उक्त रकमले भेन्टिलेटर, मोनिटर, वेडलगायतका उपकरणहरु पनि खरिद गर्छौ,’ उनले भने, ‘केहि दिनमा वार्ड तयार भइहाल्छ ।’