खोजखबर
गोरखा, चैत, २९ गते, शनिवार ।
कोरोना महामारीका कारण स्थगित गरिएको फुटबलका खेलहरु हतार गरेर सुरु गर्न नहुने फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् ।
रोकिएका खेलहरु चाडै सुरु गर्न खोज्नु गैरजिम्मेवारीपन भएको उनको तर्क छ ।
कोरोना भाइरसका कारण विश्वका सबै खेलहरु स्थगित गरिएको छ । युरो २०२० र कोपा अमेरिका एक बर्ष पछाडि सारिएको छ ।
मानव जीवनलाई खतरामा पार्ने गरी खेल हुनु भन्दा लिगहरु नहुनु नै राम्रो भएको उनले बताए ।
तर विश्वभर महामारीको रुपमा कोरोना फैलिएपनि बेलारुस, बुरुन्डी, ताजकिस्तानजस्ता देशमा घरेलु फुटबल खेलहरु सञ्चालन भइरहेको छ ।
फिफाको २११ सदस्य राष्ट्रलाई सम्बोधन गर्दै उनले आफूले फुटबल शुरु गर्न दबाब नदिने बताए ।