वीरगञ्जमा तीन जना कोरोना संक्रमित भेटिए, तिनै जना भारतिय नागरिक रहेको पुष्टि

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत ३० गते आइतबार ।
नेपालमा थप तीन जना कोरोना संक्रमित भेटिएका छन् । पर्साको वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरसका संक्रमण फेला परेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई उदृत गर्दै खबरहरु सार्वजानिक भएका छन् ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए । उनीहरु तीनै जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *