गोरखा नगरपालिकामा २८ जनाको दुत परीक्षण, कोराना संक्रमण भेटिएन

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत ३० गते, आइतबार ।
चैत महिनामा विदेशबाट फर्केकाहरुको द्रुत परीक्षण सुरु भएको छ । उनीहरु सबै जनामा कोरानाको संक्रमण नरहेको पुष्टि भएको छ ।
परीक्षण गराएका सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आइतबार गोरखा नगरपालिकाको विभिन्न स्थानमा होम क्वारेन्टिनमा बसेका २८ जनाको परीक्षण गरिएको हो । उनीहरुको आरडिटी किट मार्फत द्रत एण्टिवडी परीक्षण गरिएको गोरखा नगरपालिकाले जानकारी दिएको छ ।
गोरखा अस्पतालमा नौ, तारानगर स्वास्थ्यचौकीमा नौ र ताप्ले शहरी स्वास्थ्य केन्द्रमा १० को आरडिटी परीक्षण गरिएको छ । बाँकीको सोमबार परीक्षण गरिने जनाइएको छ । गोरखा नगरपालिकामा ४३ व्यक्ति विदेशबाट फर्केर होमक्वारेन्टिममा बसेका छन् । मंगलबारबाट जिल्लाका विभिन्न पालिकामा परीक्षण सुरु हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *