ज्याला मजदुरी गरेर गुजारा चलाउने धार्चेका ३५ जनालाई राहत वितरण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत ३० गते, आइतबार ।
धार्चे गाउँपालिकाले लकडाउनका कारण गुजारा चलाउन समस्या भएका व्यक्तिहरुलाई राहत वितरण सुरु गरेको छ ।
नेपाल सरकारको निर्देशन अनुसार सो क्षेत्रमा रहेका ज्याला मजदुरी गरेर खाने ३५ जना राहत स्वरुव दैनिक उपभोग्य सामाग्री उपलब्ध गराइएको हो । दैनिक गुजारा चलाउन समस्या भएका व्यक्तिहरुको पहिचान गरी आवश्यक राहत वितरण गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘धार्चेमा राहत उपलब्ध गराउनु पर्ने मानिस धेरै छैनन्,’ उनले भने, ‘भएकाहरुको लकत संकलन गरेर राहत दिने काम गरिहेका छौं ।’

उत्तरी गोरखाको उक्त गाउँपालिकामा खाद्यन्नको अभाव नरहेको गाउँपालिकाले स्पष्ट पारेको छ ।े स्थानीय बजारमा एक महिनालाई पुग्ने खाद्यन्न मौज्जाद रहेकाले हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन । अहिले खाद्यन्न ढुवानीको माध्यम खच्चड बन्द गरिएपनि आवश्यकता परे सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *