संक्रमितको संख्या १६ पुग्यो, सनसिटीमा बस्ने २ जनामा कोरोना प्रमाणित

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २ गते, मंगलबार ।

दुई जना कोरोना संक्रमित फेला परेका छन् । काठमाण्डौको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत चैत ५ गते लण्डनबाट आएका उनीहरुको परिवारका सदस्यहरुको सोमबार दु्रत परीक्षण गरिएको थियो । त्यसको नतिजा पोजेटिभ आएपछि पाटन अस्पतालमा भर्ना गरी थप परीक्षण गरिएको हो । परिबारका तीन जना मध्ये ५८ वर्षका पुरुष र ८१ वर्षकी महिनामा कोभिड १९ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।
साथै उक्त अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिको परीक्षण पनि सुरू गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *