आरुघाटका एक युवकको ¥यापिड टेष्ट पोजेटिप, थप परीक्षणका लागि स्वाब काठमाण्ठौं पठाइयो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २ गते, मंगलबार ।
आरुघाटका एक युवकको ¥यापिड टेष्ट पोजेटिप देखिएको छ । आरुघाट गाउँपालिका–५ का ती युवकको आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा रिर्पोट पोजेटिभ आएको स्वास्थकर्मीहरुले बताएका छन् ।
उनको स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको गाउँपालिका स्रोतले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिर्पोट आएपछि मात्र उनमा कोरोना संक्रमण भए÷नभएको एकिन हुने बताइएको छ । स्वास्थ्य कार्यालय गोरखाको सहयोगमा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाट आएका २० जनाको परीक्षण गराएको थियो । आरुघाटमा विदेशबाट आएका ३९ जना होमक्वोन्टिनमा छन् । रोजगारीको शिलशिलामा बहराइन रहेका उनी गत फागुन २२ गते नेपाल आएका हुन् ।
उक्त गाउँपालिका थप एक व्यक्तिको रिर्पोट पनि शंकास्पद देखिएपछि स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । संक्रमणको आशंका गरिएका दुबै जनालाई आरुघाट प्राथामिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको छ । उनीहरुको परिवार भने होमक्वारेन्टाइनमा बसेका छन् ।
मंगलबार भीमसेन थापा गाउँपालिकामा २३ जनाको दु्रत परीक्षण गरिएको छ । विदेशबाट आएका २६ जना मध्ये २३ जनाको परीक्ष्ण गरिएको उक्त गाउँपालिकाले जनाएको छ । गोरखामा शनिवारबाट दु्रत परीक्षण सुरु गरिएको हो । बुधबार सिरानचोक र अजिरकोट गाउँपालिकामा परीक्षण गर्ने तयारी छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *