खोजखबर
गोरखा, बैशाख २ गते, मंगलबार ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले तलब, भत्ता त्याग्ने नेताहरूको चुनाव खर्च कसरी चल्छ भन्ने प्रश्न गरेका छन्।
पैतृक सम्पत्ति र वैध कमाइ नहुने शीर्ष तहका नेताहरूको विलासी रहनसहन र चुनाव खर्च कसरी चल्छ पनि बताउनुपर्ने उनले बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पारिश्रमिक राहत कोषमा दिने र शेखपछि सम्पत्ति पनि प्रतिष्ठानको नाममा रहने सार्वजनिक गरेका छन्।
सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सोमबार ट्वीट गर्दै एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना कोषमा र बाँकी दश महिनाको विपन्न वर्गका लागि आर्थिक राहत कोषमा दिने घोषणा गरेका थिए।
भट्टराईले मंगलबार ट्वीट गर्दै ठूला नेताहरूले तलब, भत्ता त्याग्ने घोषणा गर्नू राम्रो भएको उल्लेख गरेका छन्।
उनले थप प्रश्न गरेका छन्, ‘प्रमलगायत कतिपय बडे नेताहरूले आफ्नो दृश्य तलबरभत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो। त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू ९कमसेकम संसदरसरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने१० को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?’