एकै दिन एक भन्दा बढिको परीक्षण, सबैको रिर्पोट नेगेटिभ

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा, बैशाख ३ गते, बुधबार ।
गोरखामा एकै दिन सय भन्दा बढिको जनाको एण्टिबडी परीक्षण गरिएको छ । बुधबार धार्चे, सिरानचोक र अजिरकोटमा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) एण्टिबडी परीक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जानकरी दिएको छ ।
सिरानचोक गाउँपालिकामा ३१ ज्ना, अजिरकोटमा ३४ र धार्चेमा ३५ जना गरी चैत महिना लागेपछि विदेशबाट फर्केकाहरुका कुल एक सय जनाको परीक्ष्ण गरिएको हो । उनीहरुमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।
बिहिबार पालुङटार नगरपालिकाको दुई वटा केन्द्रमा परीक्षण गरिने कार्यालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *