¥यापिट टेस्टमा पोजेटिभ देखिएका युवाको रिर्पोट नेगेटिभ

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ३ गते, बुधबार ।

आरुघाटका युवकमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ । ¥यापिड टेष्टका क्रममा शंकास्पद लक्षण देखिएका ती व्यक्तिकोको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
मंगलबार ¥यापिट टेस्ट गर्ने क्रममा आरुघाट गाउँपालिका–५ का ३० वर्षीय युवकमा पोजेटिभ देखिएको थियो । त्यसपछि उनको स्वाब संकलन गरी थप परीक्षणको लागि पोखरा पठाइएको थियो ।
यसैगरी सोही ठाउँका अर्का युवकमा भने नेगेटिभ पोजेटिभ दुबै रिर्पोट नदेखिएपछि उनको पनि स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवकको पनि रिर्पोट नगेटिभ आएको आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए । उनीहरु मध्ये एक फागुन २३ गते बहराइन र अर्का चैत ४ गते दुबइबाट स्वदेश फर्किएका थिए ।
उनीहरुमा कोरानको संक्रमण रहेर निको भएको हुनसक्ने आशंकामा दुबैको परिबारका सदस्यको पनि ¥यापिड टेस्टको तयारी गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *