सवारी पासमा कडाई, एम्बुलेन्सलाई रिफर र डिस्चार्ज पेपर अनिवार्य

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ३ गते, बुधबार ।

गोरखामा सवारी पासलाई कडाई गर्ने निर्णय भएको छ । जिल्ला कमाण्डपोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोना बिपद व्यवस्थापन समितिको संयुक्त बैठकले एम्बुलेन्स आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
एम्बुलेन्सले मनोमानी गरेको गुनासो आएपछि रिफरल पेपर बिनाका बिरामी बोकेका एम्बुलेन्सलाई जिल्ला बाहिरिन नदिने र डिस्चार्ज पेपर बिनाका जिल्ला भित्रिन नदिने निर्णय गरेको हो । कुरुवमबमे रुपमा पनि दुई जना भन्दा बढी जना नदिने उनले बताए ।


बैठकले छिमेकी जिल्लासँग समन्वय गरी सिमा नाकाहरुमा पनि कडाई गर्ने निर्णय गरेको छ । जिल्ला भित्रिने मुख्य नाकाहरु बेनिघाट, मझुवा देउराली र पालुङटार नाकाबाट साँझ छ बजेदेखि बिहान छ बजेसम्म एम्बुलेन्स र शवबाहनबाहेकका सवारीसाधन चल्न नदिने भएको छ । बुधबारकै बैठकले जिल्लामा बाहिरबाट तरकारी भित्रिन नदिने निर्णय समेत गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *