एकै दिन १४ जनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा बैशाख ५ गते, शुक्रबार ।
नेपालमा एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसारमा शुक्रबार उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित फेला परेका हुन् । यो संख्या नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण हुने संख्या ३० पुगेको छ ।
शुक्रबार उदयपुरका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय व्यक्तिमा नयाँ संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानाकारी दिएका छन् । यसैगरी चितवनमा २७ र ६३ वर्षका दुई व्यक्रि रहेका छन् । उनीहरु सबै पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *