बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा बैशाख ५ गते, शुक्रबार ।
रोजगारीको लागि बहराइन पुगेका ४९ नेपालीमा कोरोनाको संक्रमण फेला परेको छ ।
त्यहाँको नेपाली राजदुतावासले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै थप २७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी दिएको छ । यस अघि २२ जना नेपालीमा कोरोनामो संक्रमण देखिएको थियो । अब भने कोराना संक्रमित ४९ पुगेको छ ।

बहराइनमा ९९० जना कोरोनाको संक्रमण रहेको राजदुतावासले जनाएको छ । ती मध्ये तीन जनाको अवस्था भने जटिल रहेको जनाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण ७ जनाले ज्यान गुमाउनुका साथै ७०३ जना उपचार पछि घर फर्किएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *