चितुवाले आक्रमणबाट पालुङटारका दुई युवा घाइते

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा बैशाख ५ गते, शुक्रबार ।
चितुवाले आक्रमण गर्दा पालुङ्टारमा दुई युवा घाइते भएका छन् ।
गोरखाको पालुङटार नगरपालिका–४ अल्काचिलाउनेमा बाख्रा चराउन गएका संकलप देवकोटा र बिक्रम भण्डारीलाई शुक्रबार चितुवाले आक्रमण गरेका हो ।
संकल्पको हात र गोडामा चितुवाले चिथोरेको र बिक्रमको ढाड र दाहिने हातमा चोट रहेको पालुङ्टार सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुनबहादुर अच्छामीले बताए ।
खरबारीमा बाख्रा चराइरहेका बेला उनीहरुलाई एक्कासी चितुवाले आक्रमण गरेको थियो ।
घाइतेहरूको तनहुँको डुम्रेमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । चितुवामा भने स्थानीको प्रतिकारमा मारिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *