सामुदायिक विकास परियोजनाले ग¥यो ९ लाख भन्दा बढि सहयोग

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ६ गते, शनिवार ।

कोरोना भाइरसको संक्रमण रोक्न सामुदायीक विकास परियोजनाले आर्थिक सहयोग गरेको छ ।
गुड नेर्वस इन्टरनेशनल नेपाल (जि.एन.आई) को सहयोगमा पद्धती बिकास सेवा केन्द्र गोरखाले सञ्चालन गरेको उक्त परियोजनाले जिल्लाका तीन स्थानीय तहलाई कुल ९ लाख १० हजार सहयोग गरेको हो ।
‘यो विपद्को घडीमा यहाँका नागरिक कोही पनि भोकै बस्नु हुदैन’ पद्धती बिकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछानेले भनिन्, ‘स्थानीय सरकारहरुले एकद्धार प्रणालीमा मार्फत सर्वसाधरणलाई राहत उपलब्ध गराउने काम गर्नु भएको छ । जुन सरानिह छ । यो सानो सहयोग उहाँहरुलाई ठूलो मद्दत गर्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’ स्थानीय तहसँग आवश्यक सहयोग र समन्वयका लागि पद्धती बिकास सेवा केन्द्र सदैब तयार रहेको लामिछानेको भनाई छ ।


विश्वव्यापी महामारी रोकथाम विपद् व्यवस्थापन तथा राहत वितरणका स्थानीय विपद् व्यवस्थापन कोषमा जाने गरी उक्त रकम सहयोग गरिएको पद्धती बिकास सेवा केन्द्रका फोकल स्टाप सुनिल न्यौपानेले जानकारी दिए । जसअनुसार गोरखा नगरपालिकामा १ लाख ५ हजार, धार्चे गाउँपालिकामा २ लाख ८० हजार रकम प्रदान गरिएको छ ।


उक्त कार्यक्रम सञ्चालन भएका स्थानका नागरिकलाई लक्षित गरी रकम उपलब्ध गराइएको भए पनि स्थानीय तहले एकद्धार प्रणाली अबलम्बन गरेकाले सिधै सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषको खातामा रकम पठाइएको उनले बताए । गोरखा नगरपालिका–४ फिमाम र धार्चे गाउँपालिका–७ लापुमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी आरुघाट गाउँपालिकामा ५ लाख २५ हजार रकम पठाउने तयारी गरिएको छ ।
आरुघाट गाउँपालिकाको भने वडा नम्बर १, २, ३, ४, ५ र ६ मा सामुदायीक विकास परियोजना सञ्चालन भइरहेको छ । उक्त परियोजनाले विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *