हावाहुरी पोल भाँचिएपछि गोरखाका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ७ गते, आइतबार ।

शनिवार साँझ आएको हावा हुरीले गोरखाको विद्युत सेवा प्रभावित भएको छ । जिल्लाका विभिन्न सात ठाउँमा पोल भाँचिएपछि त्यहाँ विद्युत सेवा ठप्प भएको हो ।
‘हिजो र अस्ती आएको हावाहुरीले गोरखामा धेरै क्षति गरेको छ । विद्युतका पोलहरु भाँचिएका छन्, चट्याङले ट्रासफर्मरहरु जलेका छन्,’ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका प्रमुख माधव न्यौपानेले भने, ‘रुख ढलेर तार छिनाएको छ । विभिन्न उपकरणमा क्षति पुगेको छ ।’


च्याङ्ली, धुँवाकोट, खोप्लाङ र छोप्राकमा गरी ७ ठाउँमा पोल भाँचिएको उनले बताए । छोप्राकको थुम्कीमा रुख लडेर पोल भाँचिनुका साथै तार समेत छिनाएको छ । यसैगरी खोप्लाङ र भूम्लिचोकको ट्रान्सफर्मरमा चट्याङले क्षति गरेको प्राधिकरणले जनाएको छ । ‘लाइन मर्मतका लागि हामीले दुई वटा टोली खटाएका छौं । म पनि फिल्डमै हुन्छु,’ न्यौपानेले भने, ‘आज हावाहुरी आएन भने बेलुकासम्म मेन लाइन क्लियर हुन्छ । ट्रान्सफर्मर र शाखा लाइनको काम कम्पिड गर्न त भोलीसम्म लाग्छ ।’ प्रशारण लाइनमा करिब ३ लाख र ट्रान्समिटरमा २ लाख भन्दा बढिको क्षति भएको उनको अनुमान छ । थालाजुङ, केराबारी त्यस भन्दा माथिको प्रशारण लाइनमा भएको क्षतिको विवरण भने आइसकेको छैन् । ‘मेन लाइन नचलाएसम्म शाखा लाइनमा कहाँ के भएको छ थाहा हुँदैन्, यो प्रारम्भिक विवरण हो,’ उनले भने, ‘क्षति त अझै बढ्न सक्छ ।’


गोरखा जिल्ला ल्याइएको प्रशारण लाइनमा पनि हावाहुरीले क्षति गरेको छ । तनहुँको भन्सारदेखि गोरखाको सतिघाटसम्मका विभिन्न ठाउँमा तार छिन्ने, रुख लडेर पोल भाँचिएकाले त्यसलाई पनि पन्छाउने काम भइरहेको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *