असिनाले हर्मीमा झण्डै ७० लाखको तरकारी नष्ट

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ७ गते, आइतबार ।
शनिवार साँझ परेको असिनाले गोरखाको हर्मीमा लगाइएको तरकारी नष्ट गरेको छ ।

हावा हुरी सहित आएको असिना पानीले झण्डै ७० लाख भन्दा बढिको तरकारी नष्ट गरेको त्यहाँका किसानहरुले बताएका छन् । ‘गाउँपालिकाबाट पास बनाएर बेच्नको लागि ठाँटीपोखरी लाने तयारी गरेका थियौं’ कृषि सञ्जाल हर्मीका सचिव रामजी सापकोटाले भने, ‘मेरो मात्र ३ लाख ५० हजारको क्षति भएको छ, सबैको गर्दा त ६८÷७० लाख नै पुग्छ होला हामी क्षति विवरण संकलन गर्दैछौं ।’
हर्मीमा मात्र झण्डै एक दर्जन कृषि फर्ममा लगाएको तरकारी र फलफूल असिनाले नष्ट गरेको छ ।

ढकाल कृषि फर्म तथा भेटनेरी, सापकोटा कृषि फर्म तथा भेटेनरी, बद्रि ढकाल, भुवनेश्वर भट्ट, रामबहादुर बानियाँ, सम्शेर गुरुङ, इश्वरी ढकाल, शिव ढकाल, अमृत ढकाल, प्रदिप घिमिरे लगायतका किसानको बारीमा लगाएको झण्डै ६० लाख भन्दा बढिको तरकारी असिनाले नष्ट गरेकोसापकोटाले बताए । उनी लगायत गोलभेडा, काक्रो, घिरौला, बोडी, घ्यू सिमी, केराउ, लौका, फर्सी लगायतका तरकारी असिनाले नष्ट गरेको हो ।


‘वर्ष भरी दुख गरियो, आम्दानी खाने बेला यस्तो दैब लाग्यो,’ ढकाल कृषि फर्म तथा भेटेनरीकी सञ्चालिका मेनुका ढकालले भनिन्, ‘राम्रोसँग एक डोको पनि बेच्न पाइएन, अब ऋण कसरी तिर्ने ?’ झण्डै १ लाख लगानी गरेकी उनको मात्र ३ लाख भन्दा बढिको क्षति भएको गुनासो गरेकी छिन् । व्यवासयीक रुपमा तरकारी खेति गदै आएका त्यहाँका किसानले स्थानीय समृद्धि कृषि सहकारीमा संकलन गरी हर्मी, आँपपिपल, थालाजुङ, ठाँटीपोखरी लगायतका स्थानमा लगेर बेच्ने गरेका थिए । बेच्ने बेला भएको तरकारी सबै असिनाले क्षति गरेपछि उनीहरु निराश भएका छन् ।


शनिवार आएको असिनाले थालाजुङ, छोप्राक, गाँखु, खोप्लाङ, आँपपिपल लगायतका विभिन्न ठाउँमा लगाइएको तरकारी र मकै खेतिमा क्षति गरेको किसानहरुले गुनासो गरेका छन् ।

तस्बिर ः रमित ढकाल

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *