बन्दुक सहित पक्राउ परेका मनकामनामा पुजारी तारेखमा रिहा

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ७ गते, आइतबार ।
मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । लकडाउनको समयमा बन्दुक बोकेरमा हिडेको आरोपमा उनलाई शनिवार प्रहरीले फेला पारेको थियो । थापा मगरले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर प्वाइन्ट टु टु नामको बन्दुक बोक्ने गरेका थिए ।
तर उनले लकडाउनको समयमा राती राती बन्दुक बोकेर हिडेको प्रहरीले आरोप लगाइएको छ । उनले बोकेको बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख ओम अधिकारीले जानकारी दिए । थापा मगरलाई भने तारेखमा छोडिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *