कोरोना महामारी र महिला बालवालिकामा पर्ने चुनौती

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

विष्णु सापकोटा
विश्व यतिबेला कोरना भाईरबाट आक्रान्त अवस्थामा रहेको छ, आज सम्मका दिनमा बिश्वका २१० भन्दा बढि राष्ट्र यसको असरमा छ भने एकतिहाई बिश्वका मुलुक बन्दाबन्दी अबस्थामा छन् । समाज जटिल छ जटिल समाजमा मानब जातिको जिवन दिनदिनै अप्ठारो अबस्थमा पुगेको पाईन्छ ,यसरी हेर्दा असायक श्रमिकको समस्यालाई सकयमा नै ख्याल गरिएन भने भोलिको अबस्था यस्तो जटिल नहोला भन्न सकिदैन ,
मानव बेचविखलाई यस सताब्दीको मानवता विरुद्धको अपराधको रुपमा लिएको पाईन्छ । । मानव बेचविखका कम जोखिम तर,बढि आम्दानी वा आय आर्जन हुने कार्यका रुपमा फस्टाएको पाईन्छ भने विद्यमान समाजमा रहेको आकर्षण तथा विकषर्णका तत्वहरुले जब यस विषयलाई सहकार्य गर्दै जान्छ । तव समाजमा रहेका दलालहरुले गरिब र निमुखा अनि श्रमिक,बेसहरा, असाहयक महिलालाई आसाका किरणरहरु छर्दै जान्छन फलत यस क्रृयाकलापले यस्ता गलत काममा सलग्न दलालले असाहयको फाईदा उठाउने गर्दछन्। विश्व बजारको, यसप्रकारका कार्य व्याबसाय दिन दुगुना र रात चौगुना फस्टाएको छ । जसले नेपालमा निकै चुनौती बढाएको पाईन्छ ।
आज विश्व बदलिदो अबस्थामा यस प्रकारका घटना पनि बदलिएका छन् । फलत यस क्रृयाकलाप आजको समयमा यौन र श्रम शोषण दुवै कार्यका रुपमा बदलिएको पाईन्छ । नेपालबाट महिला तथा बालबालीका भारतका ठुला शहरमा काम गर्न जाने क्रममा यौन शोषणमा अन्य व्याबसायमा लाग्ने गरेका र केहि ओसारपसारका घटना हुने गरेका थिए । तर यसरी नेपालमा मानव बेचबिखनका विषय बस्तु आजभन्दा सयौ बर्ष अगाडिबाट यस्ता गतिबिधि चलिआएको देखिन्छ ,फलत नेपाल मानब बेचबिखन तथा ओसासपसारको दृष्टिकोणले श्रोत मुलुकको रुपमा परिचित हुन सक्ने देखिन्छ ।
आन्तरीक क्षेत्र, अन्तरत उद्योग, कलकारखाना,ईटा भट्रटा होटल, तयारी पोषाकका गार्मेट,दोहरी साझ,सेवादिने क्षेत्र अन्तरगत यातायत पर्यटन साथै परम्परागत खेती प्रणाली जसमा कमैया,कमलरी,हलिया हुन भने बाह्रय क्षेत्र, अन्तरगत श्रम मनोरञ्जका क्षेत्र सर्कस,विदेसी दलालको नाममा बिवाह गराई दिने ब्यूरो,सागितीक क्षेत्र,यदाकता सेरोगेसी आमा वा भाडामा बच्चा जन्माई दिने आमा जस्ता स्वरुपमा बेचबिखन र ओसारपसार भएका पाईन्छ ।
मनोबैज्ञानिक तथा सामाजिक भेदभावले नेपाली समाजमा महिलाको अवस्था दविएको र नेपाल पृतिसतात्मक सामाजिक परम्पराबाट अगाडि बढेको पाईन्छ फलत समाजमा महिला पुर्ण रुपमा स्वतन्त्र,हुन सकेको देखिदैन, फलस्वरुप समाजमा भएका सामाजिक समरचनाका सहभागीता र स्वतन्त्रता न्यूनआय रहेको भेदभावपूर्ण वाताबरण श्रृजना भएको पाईन्छ । आधुनिकिकरण बिदेशीसग बिवाह गरी बिदेसिएका कयौ नारी आज न घर न थरको अबस्थामा पुगेको समाचार धेरै सुनिएका पनि छन,
मानव बेचबिखनलाई एउटा सामाजिक अपराधको रूपमा रहे तापनि यसका पछाडि विविध कारणहरू छन् । जस अन्तरगत यसलाई प्रत्यक्ष प्रभाव पार्ने गरीबी सामाजिक,आर्थिक राजनैतिक, सांस्कृतिक वातवरणीय, दैवी प्रकोपजस्ता विषय प्रधान हुने गर्दछन् । नेपाल एक प्रमुख चुनौतीको अवस्थामा रहेको छ ।
मानव बेचबिखलाई यस शताब्दीको मानवता विरूद्धको अपराधको रूपमा लिएको पाईन्छ । यो एउटा बहुआयामिक बहुजटिल प्रकृयाको आपराधिक गतिविधिको रूपमा बुझिन्छ । मानव बेचबिखनका कम जोखिम तर, बढी आम्दानी वा आय आर्जन हुने कार्यका रूपमा फस्टाएकोले भने विद्यमान समाजमा रहेको आकर्षण तथा विकषर्णका तत्वहरूले जब यस विषयलाई सहकार्य गर्दै जान्छ, तब समाजमा रहेका दलालहरूले गरीब र निमुखा अनि श्रमिक,बेसहारा, असहाय महिलालाई आशाका किरणरहरू छर्दै जान्छन्, फलतः यस कृयाकलापले यस्ता गलत काममा संलग्न दलालले असहायको फाईदा उठाउँने गर्दछन्। यसरी असहायले भोको पेट भर्न जस्तो सुकै कार्य गर्न पनि पछाडि नपर्ने सम्भावना भएकोहुँदा उनीहरूको पेट भर्नु पहिलो आवश्यकता हो यसलाई नजरन्दाज गरिएकोले यो विषम परिस्थितिलाई दलालले अनुकुलतामा लिने गर्दछ
भारत सग जोडिएको खुला सिमाना,जीवन जिउन बाध्गात्मक अबस्थामा विदेशीन बाध्य नेपाली दाजुभाई दिदी बहिनीहरुले पाउने बिश्व बजारमा भएको सस्तो श्रम,वा रोजगार, अनि त्यही श्रम शोषण, समाजमा भएको असमान मुल्य मान्यता साथै लैङ्गिक भुमिकाको आधारमा गरिएको भेदभावपुणर््ा व्याबाहार ,अल्पविकसित समाज, आर्थिक सुरक्षा कमजोर ग्राहस्त उत्पादन, बेरोजगारी, बढ्दो दण्डहिनता,सुशासनमा कमि महिलाको सम्पतीमा पहँुच नहुनु यी सबै प्रत्यक्ष वा परोक्ष मानव बेचबिखन तथा ओसारपसारमा देखिएका चुनौतिहरु हुन जब सम्म समाजमा भएका गलत तत्वलाई वा समान पृथकिकरणको सिध्दान्त कार्यन्वयन राज्यकोतबरबाट बितरण हुदैन र पहँुच र शक्ति आडमा मनोमानिलाई हामीले परास्त गर्न सक्दैनौ,
समाजमा साधन र श्रोतको समान वितरण प्रणालीको सुरुवात हुदैन,मानब अधिकारको प्रत्याभुति पनि खक्रो नारामा सिमित हनेछ । तब सम्म यस क्षेत्रमा भए गरेका सबै कार्य किमार्थ साबित हुन्छन् । अत यसबाट पिडित बर्गले आफु समाजको समाजिक बातावरण साथै असमान वितरणकोे कारणबाट यस्तो अबस्थामा पुगेको बताई रहेका छन , यसरी हेर्दा समाजमा भएका असमान ब्यावाहारले बाध्यात्मक अबस्थामा पुर्याएको सहजै बुझ्न सकिन्छ । अत यसलाई दिर्घकालीन सामाधानको लागी, सबै नागरीक समाज सघ सस्था र अनुसन्धान बिज्ञको पहल जरुली छ ।
(लेखक ःमानव बेचविखन तथा ओसारपराको क्षेत्रमा अनुसन्धानरत त्रि.वि.का विद्यावारिधिका विद्यार्थी तथा सामाजिक अभियान्ता हुनुहुन्छ ।)

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *