पर्यटन व्यवसायी खत्रीले गरे गृह जिल्ला गोरखामा ४० थान थर्मन गन वितरण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १० गते, बुधबार ।
पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखामा ४० थान थर्मल गन र ५ हजार सर्जिकल माक्स वितरण गरेका छन् । गोरखाको आरुघाट गाँउपालिका–८ आरुपोखरीका खत्रीले विभिन्न स्थानीय तह र सामाजिक संस्थाहरुलाई उक्त थर्मल गन वितरण गरेका हुन् ।

गण्डकी गाउँपालिकालाई ९ थान, भिमसेन ८ थान, गोरखा नगरपालिका ७ थान, चुमनुब्री गाउँपालिका ४, धार्चे २, शहिद लखन २, गोरखा अस्पताललाई २ थान, लायन्स आँखा अस्पतालको लागि १, रेडक्रस सोसाईटीका लागि १ थान थर्मल गन प्रदान गरेका हुन । यसैगरी जिल्ला प्रशासनन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको लागि १÷१ थान थर्मल गर्न उपलब्ध गराइएको उनले बताए । उनले गण्डकी गाउँपालिकालाई तीन हजार थान मास्क, धार्चे एक हजार, चुमनुब्री र शहिदलखन गाउँपालिकालाई पाँच सय थान मास्क वितरण गरेका छन् ।
काठमाण्डौमा बसेर पर्यटन व्यवसाय गर्ने खत्रीले गृह जिल्ला गोरखामा विभिन्न सामाजिक काम गर्दै आइरहेका छन् । विद्यालय भवन निर्माण देखि विद्यार्थीलाई छात्रवृत्ती वितरण गर्ने, पोशाक उपलब्ध गराउने, जनप्रतिनिधिलाई ल्यापटव वितरण गर्ने लगायतका विभिन्न समाजिक काम समेत गरिरहेका छन् । संभव नेपाल नामक संस्थाका संस्थापक अध्यक्ष समेत रहेका खत्री नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *