घर भाडा तिर्न समस्या भएका पचास नेपालीलाई गोर्खाली समाज फ्रान्सले राहत स्वरुप नगद सहयोग गर्ने

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १०, बुधबार ।
गोर्खाली समाज फ्रान्सले घर भाडा तिर्न समस्या भएका नेपालीहरुलाई सहयोग गर्ने घोषणा गरेको छ ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त संस्थाले जारी लकडाउनका कारण फ्रान्समा रहेका नेपालीहरुलाई घरभाडा तिर्न समस्या भएको भन्दै नगद सहयोग उपलब्ध गराउने बताएको हो । ‘अन्य संस्थाहरूले खाद्यन्न बितरण गर्नु भएको र हाल सम्म घर भाडाका समस्यालाई कुनै पनि संस्थाबाट सम्बोधन नभएको परिप्रेक्ष्यमा हाम्रो समाजले त्यस्ता नेपालीहरूको पहिचान गरी प्रति व्यक्ति नगद ५०€ सहयोग गर्ने निर्णय गरिएको जानकारी गराउदछौं ।’ विज्ञप्तीमा भनिएको छ । पहिलो चरणमा ५० (पचास) जनालाई प्रतिव्यक्ति नगद ५०€ सहयोग गर्ने निर्णय गरिएको गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले जानकारी दिए ।

फ्रान्समा मे ११ तारिखसम्म पूर्ण रुपमा लकडाउन कायम घोषणा गरिएको छ । अधिकाशंमा पेरिस बाहिरका नेपालीहरु सहयोगको अपिल गरेका छन । सोही अनुरुप सस्थाले पेरिस बाहिर पनि केही सहयोग गर्ने बताएको छ । सम्पूर्णको बैंक डिटेल लिइ सकिएको र बुधबार नै रकम डिपोजिट गरिने गोर्खाली समाज फ्रासका सुजन भट्टले जानकारी दिए । सस्थामा अन्य थुप्रै निबेदन र फोन मार्फत सहयोगको अपिल भइरहेको छ ।

‘समग्र बिश्वजगत अहिले कोभिड १९ कोरना भाइरसको चपेटामा जगडिएको छ । प्रकृति लाई नै चुनौती दिएर सन्त्रासमय बनाएको यस विषम घडीमा हामी फ्रान्स बासी नेपाली पनि अछुतो हुन सकिएन, प्रतिकुल बिपत्ति को यो घडीमा फ्रान्समा रहेका सम्पुर्ण संघ सस्थाहरु मानवीय निष्ठा लाई आत्मसात् गर्दै आ–आफ्नो हैसियतले सेवा नै धर्म हो । भन्ने हेतुले कर्ममा लाग्नुभएको छ । सम्पुर्ण संघ सस्था प्रती उच्च सम्मान छ । यस् दुस्खद घडीमा गोर्खाली समाज फ्रान्सले पनि समस्यामा परेका नेपाली समुदाय नागरिकको पहिचान गरि राहत वितरण गर्ने पुर्ब सूचना अनुरुप पहिलो चरणमा ५० (पचास) जनाको लागि राहत दिने निर्णय गरेको छ ।’ उक्त विज्ञप्तीमा भनिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *