नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १० गते, बुधबार ।

नेपालमा थप तीन कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना (११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखिएको थियो ।
संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *