खागले टोक्दा बुंकोटमा आठ जना भन्दा बढि घाइते

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १० गते, बुधबार ।

एक प्रकारको जंगली मौरी (खाग) ले टोकेर बुंकोटमा ८ जना स्थानीय घाइते भएका छन् । शहिद लखन गाउँपालिका ८ ज्यादुलखोला नजिकैको सुनखोला जंगलमा घाँसदाउरा गर्न गएका र बाटो हिड्ने पैदल यात्रीलाई खागले टोकेको हो ।
इन्दिरा अम्गाई, प्रतिमा अम्गाई दिपा थापामगर लगायतका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याएको वडा अध्यक्ष काशीनाथ अम्गाईले बताए । घाइते मध्ये लोलानाथ अम्गाई बुकोट स्वास्थ्य चौकीमा उपचार गराई घर फर्किका छन् । बुद्धिराम श्रेष्ठको अबस्था सामान्य रहेकाले घरमै उपचार गराइरहेको अम्गाईले जानकारी दिए । अस्पतालमा उपचार गराएकाहरु पनि अबस्था सामान्य रहेको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
रुखमा बसेको खाग जिस्किएपछि वरवर जानै सबैलाई टोकेर आंतकित बनाएको स्थानीयहरुले बताएका छन् । जसका कारण घाँसदाउरा, पानी पधेरो गर्न समेत समस्या भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *